कोरोना पीडित इटलीका नागरिकको जयपुरमा मृत्यु

जयपुर : कोरोना भाइरसले पीडित इटलीका एकजना नागरिकको जयपुरमा मृत्यु भएको छ। तिनको मृत्युपछि भारतमा कोरोनाले मर्नेहरूको सङ्ख्यामा 5 पुगेको छ। यसभन्दा अघि दिल्ली, कर्णाटक, महाराष्ट्र र पञ्जाबमा कोरोना पीडितको मृत्यु भइसकेको छ। प्राप्त जानकारीअनुसार 69 वर्षीय आन्द्रे कार्ले इटलीबाट जयपुर घुम्नका लागि आएका थिए। तिनी कोरोना भाइरसले पीडित भए तापनि पछि तिनको स्वास्थ्यमा सुधार आएको थियो तर अचानक फेरि तिनको स्वास्थ्य बिग्रिएपछि तिनलाई जयपुर अस्पतालमा भर्ना गरिएको थियो जहाँ तिनले अन्तिम श्वास फेरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *