कोरोना पीड़ित परिवारलाई खगेश्वर रायद्वारा खाद्य सामग्री प्रदान

राजगञ्ज : निवर्तमान विधायक खगेश्वर रायले कोरोना पीड़ित परिवारलाई खाद्य सामग्रीहरू प्रदान गरे। राजगञ्ज ब्लकको फाटापुकुर मणिपुर कोलनीमा एउटी युवती कोरना संक्रमित भएकोले गर्दा परिवारका सबै सदस्यहरू हाल होम क्वारेन्टाइनमा छन्। यस्तो परिस्थितिमा परिवारका सदस्यहरू बजार जान सक्दैनन्। यसैले राजगञ्ज विधानसभाका निवर्तमान विधायक खगेश्वर राय आज उक्त घरमा गएर चामल, दाल, तेल, अण्डा र दुध आदि प्रदान गरेर सहयोगको हात बढाए। यस अवसरमा तिनले भने, आफ्नो इलाकामा एउटी युवती कोरोना संक्रमित भएको थाहा पाएपछि उक्त परिवारलाई केही खाद्य सामग्रीहरू दिनको लागि आज यहाँ आएको हुँ। उक्त परिवारलाई यदि कुनै आवश्यक परेको खण्डमा आगामी दिनमा पनि सहयोग पुर्‍याउने तिनले बताए। यस अवसरमा समाजसेवी सर्वानी धारा, बिले धारा, स्तोष राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *