कोरोना संक्रमणबाट चियाश्रमिकहरूलाई बचाउन सरकारले ठोस पहल गर्नुपर्ने क्रामाकपाको माग

दार्जिलिङ: कोरोना भाइरसको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भए तापनि दार्जिलिङ पहाडभरिका चियाकमानहरूमा हालसम्म कोरोना भाइरसको रोकथामलाई लिएर कुनै ठोस पहल नगरेको क्रामाकपाको आरोप रहेको छ। दार्जिलिङ पहाड़का चियाश्रमिकहरूलाई कोरोना संक्रमणबाट बचाउन केन्द्र र राज्य सरकारले शीघ्र ठोस पहल गर्नुपर्ने बारेमा आज एउटा भीडियो जारी गरेर क्रामाकपा श्रमिक नेता सुनिल राईले माग गरेका छन्। यसको साथै तिनले चिया श्रमिकहरूको हितमा चाँडै ठोस पहल गरिनुपर्ने साथै चियाश्रमिकहरूको लागि कोभिड भ्याक्सिनको व्यवस्था गरिनुपर्ने तिनले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *