कोरोना संक्रमणको रोकथामबारे घैयाबारीमा सभा

खरसाङ: कोरोना भाइरसको संक्रमणदेखि आफ्नो क्षेत्रलाई बचाउन खरसाङ महकुमा अन्तर्गत पर्ने घैयाबारी ग्राम पञ्चायत 2 तीनधारे क्षेत्रको सर्भिलेन्स कमिटीको एउटा सभा आज महात्मा गाँधी हलमा सम्पन्न भयो। सभामा विशेष रूपमा बाहिरबाट आएका मानिसहरूलाई सेल्टर होम र क्वारेन्टाइनमा राख्नलाई सटीक व्यवस्थापन गर्न र कोरोना भाइरससित जुँझ्न के-कस्ता उपायहरू अप्नाउनु सकिन्छ भन्ने विषयमा चर्चा-परिचर्चा गरियो। तीनधारे क्षेत्रमा कोरोना भाइरस विषयमा जनसाधारणलाई सचेत गराउन सचेतनामूलक कार्यहरू गर्नुपर्ने र आवश्यक पहलहरू गर्नको लागि नै उक्त सभाको आयोजना गरिएको हो। सभामा सर्भिलेन्स कमिटीको तीनधारे महानदी समष्टिका चिफ को-अर्डिनेटर राजीव थापा, तीनधारेका को- अर्डिनेटर कर्म मोक्तान, घैयाबारी ग्राम पञ्चायत 2 का सचिव देवन्ती छेत्री, डा. ईआर लामा, उत्तम शर्मा लगायत विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित थिए। आजको सभामा कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै सचेतनामूलक कुराहरू खरसाङका विकास छेत्रीले विस्तृत रूपमा जानकारी गराए। आजको सर्भिलेन्स कमिटीको सभा विषयमा तीनधारेका चिफ को-अर्डिनेटर कर्म मोक्तानले पत्रकारहरूलाई विस्तृत रूपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *