कोरोना संक्रमणको रोकथामको लागि अशोक भट्टाचार्यले गरे सिलगढीको 6 नम्बर वार्डमा सेनिटाइज

सिलगढी : कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर निर्वतमान विधायक अशोक भट्टाचार्यले आज स्वयम् सिलगढी नगरनिगमको 6 नम्बर वार्डमा सेनिटाइज गरे। कोरोनाको दोस्रो लहरले हाल देशको विभिन्न ठाउँहरूमा धेरैजना मानिसहरू संक्रमित भइरहेका छन् भने मृत्यु दर पनि निक्कै बढेर गएको छ। यता सिलगढीमा पनि कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। चुनाउ आचार संहिता लागू भएपछि सिलगढी नगरनिगम हाल अभिभावक विहीन बनेकोले कोरोना संक्रमणमा रोकथाम गर्नको लागि सबै क्षेत्रमा तयारीको कमी देखिएको छ। यस्तो अवस्थामा साधारण मानिसहरूको हितको लागि तिनी स्वयम् सडकमा ओर्लिएर आज नगरनिगमको 6 नम्बर वार्डको विभिन्न इलाकामा सेनिटाइज गरे। यस अवसरमा तिनले बताएअनुसार कोरोना संक्रमणलाई रोकथाम गर्नको लागि राज्य र केन्द्र सरकारले तत्कालै उचित कदम उठाउनुपर्ने छ। यसको साथै सिलगढी सहरका सबैजना मानिसहरूले कोरोनाको लडाईँमा अघि आउने तिनले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *