कोरोना संक्रमणलाई लिएर भयभीत नहुने जनतालाई अपील

सुकेपोखरी : सुकेपोखरी थानाले बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर नागारिकहरूलाई भयभित नहुने अपील गर्दै स्थानीय विभिन्न समाज र संघ संस्थाका कार्यकर्ताहरूलाई लिएर एउटा सभाको आयोजना गऱ्यो। सुकेपोखरी थाना ओसी इफ्तिकर उल हसन तथा जोरबङ्गलो सुकेपोखरी खण्ड आपदा प्रबन्धन विभागीय प्रमुख कमल सुब्बाले कोभिड 19को संकट अवधि नागरिकहरूलाई भयभीत नहुने अपील गर्दै सरकारले जारी गरेको नियमलाई सटीक रूपमा पालन गरेर कोरोना भाइरसको संक्रमणबाट बाँच्ने बताए। यसको साथै आफू लगायत अरूको सुरक्षालाई ध्यान दिए उचित हुने थाना प्रभारी तथा खण्ड आपदा विभाग प्रमुख सुब्बाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *