कोरोना संक्रमणलाई रोकथाम गर्न राज्यमा आजदेखि आंशिक लकडाउन

सिलगढी : कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर आजदेखि अनिश्चितकालको लागि राज्य सरकारले आंशिक लकडाउनको घोषणा गरेको छ। यसको साथै सपिङ मल, सिनेमा हल, ब्युटी पार्लर, रेस्टुरेन्ट अनि बार, स्पोर्टस् कम्प्लेक्स, जिम, स्पा, स्वीमिङ पुल आदि बन्द रहने भएको छ। बजार बिहान 7 देखि 10 बजी र अपरान्ह 3 देखि 5 बजीसम्म खुल्ला रहनेछ। यसको साथै कुनै प्रकारको जमघट गर्नमा निषेध गरिएको छ। तथापि, जरूरी परिसेवा, मेडिकल स्टोर, ग्रोसरी सप भने खुल्ला रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *