कोरोना संक्रमण रोक्न मङ्पुका दोकानहरू भोलिदेखि एक हप्ता बन्द रहने

मङ्पु : कोरोनो संक्रमणको महामारी फैलिएपछि हाल देशका विभिन्न ठाउँहरूबाट आ-आफ्नो घर फर्किनेहरू संख्या दिनहुँ बढ्दै जानुको साथै कोरोना संक्रमितहरू पनि देखा पर्न थालेको छ। मङ्पुमा मात्र बाहिरबाट 5 सयभन्दा अधिक मानिसहरू हालसम्म आ-आफ्नो घर फर्कि आएका छन्। ती सबै फर्कि आएकाहरू यहाँको विभिन्न क्वारेन्टाइन सेन्टर अथवा होम क्वारेन्टाइनमा बसेका छन्। यसै क्रममा मङ्पुदेखि नजिकैमा एकजना कोरोना संक्रमित भएको पुष्टि भएपछि यसलाई लिएर मानिसहरूमा केही डरको सृजना भएको छ। यसैले गर्दा मङ्पु बजारलाई आगामी 8 जुन अर्थात् सोमबारदेखि 14 जुनसम्म एक हप्ताको  निम्ति पूर्ण रूपले बन्द राख्ने निर्णय लिएको छ। यहाँको रेसेप बजारमा मर्चेन्ट एसोसिएनका सभापति सञ्जय चौधरी अनि सचिव मनोज जैनले बताएअनुसार सम्पूर्ण मङ्पुवासीको हितमा नै मङ्पुलाई कोरोना संक्रमणबाट जोगाउनको निम्ति  उक्त निर्णय लिइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *