कोरोना संक्रमण रोक्न जीटीए असफल रहेको आरोप

खरसाङ : विमलपन्थी युवा मोर्चा खरसाङ महकुमा समितिको मुख्य संयोजक सत्यम छेत्रीले वर्तमान कोरोना भाइरसको महामारीमा जीटीएले सटीक रूपमा कार्य गर्न नसकेको साथै जीटीए पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। तिनले हालैमा पहाड़मा 300 वटा होटलहरू बन्द भएको विषयमा बोल्दै पहाड़का 10-15 हजार युवाहरू बेरोजगार हुने र यसमा जीटीएले सटीक पहल गर्न नसकेको आरोप लगाएका छन्। तिनले यसलाई लिएर बंगाल सरकारले जीटीएमाथि झट्टै हस्तक्षेप गर्नुपर्ने बताए। तिनले वर्तमान कोरोना भाइरसको संक्रमणदेखि बचाउन ग्रामीण क्षेत्रमा बनाइएको क्वारेनटाइन सेन्टरतिर आशाकर्मीहरू र आँगनवाड़ी कर्मीहरूबाहेक अन्य कुनै अधिकारीहरू निरीक्षणमा नआएको बताउँदै फ्रन्ट लाइनमा कार्य गर्ने आशाकर्मीहरूको सुरक्षाको लागि जीटीएले केही नगरेको आरोप लगाएका छन्। आशाकर्मीहरूले हालसम्म कुनै वेतन नपाएको तथा यसबारे जीटीएको तर्फबाट कुनै पहल नगरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *