कोरोना संक्रमण रोक्न हप्तामा तीन दिन बन्द रहने फुलबारी 2 नम्बर ग्राम पञ्चायतको हाट बजार

राजगञ्ज : कोरोना भाइरसको संक्रमण रोक्नको लागि प्रशासनले फुलबारी 2 नम्बर ग्राम पञ्चायतको हाट-बजार हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार बन्द राख्ने निर्णय लिएको छ। यस सम्बन्धमा ग्राम पञ्चायत प्रधान दिलीप रायले कोरोनाको संक्रमण रोकथाम गर्नको लागि पञ्चायत सदस्य, जनप्रतिनिधिहरू, पुलिस र व्यवसायीहरूसित एउटा बैठक गरेर हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार बजार लगायत दोकानपाट बन्द राख्ने निर्णय लिएको बताए। यसको साथै हप्ताको अन्य दिनहरूमा सबै दोकाने तथा ग्राहकहरूले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने तथा कोरोनाको सबै नियमहरू पालन गर्नुपर्ने तिनले बताए। पहिलो चरणमा उक्त नियम 15 सेप्टेम्बरसम्म लागू गरिनेछ भने पछि परिस्थितिअनुसार निर्णय लिइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *