कोरोना संक्रमण रोक्न मङ्पुको तीन पञ्चायत क्षेत्र बन्द

मङ्पु: दार्जिलिङ जिल्लाको रंगली रंगलीयट, तकदाह खण्ड अन्तर्गत पर्ने मङपुको तीनवटा रेसेप, लाब्दा र रोङचोङ ग्राम पञ्चायत क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या बढेकोले जुलाई महिना अवधि मङपु क्षेत्रमा हप्तामा दुई दिन क्रमैले आइतबार र सोमबार बन्द गरिएको छ। रंगली रंगलीयट खण्डको 11 वटा ग्रामपञ्चायत क्षेत्रमा हाल कोरोना संक्रमितहरूको संख्या बढेकोले गर्दा नै यी ग्रामपञ्चायत क्षेत्रमा हप्तामा दुईदिन बन्द गर्ने निर्देश जारी गरिएको छ। तीमध्ये मङपुको तीन ग्राम पञ्चायत क्षेत्रहरू क्रमैले आइतबार र सोमबार बन्द रहेको छ भने खण्डको अन्य 9 वटा ग्रामपञ्चायतमा शनिबार र आइतबार बन्द गर्दै आइरहेको छ। सरकारले जारी गरेको नियम अनुसार मङपु लाब्दा समष्टिका सम्पूर्ण व्यापार प्रतिष्ठान, वाहन चलाचल हिजो आइतबार झै आज सोमबार पनि पूर्णरुपले बन्द रह्यो। मङपुमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या 200 नाघेको छ भने मर्नेहरुको संख्या 6 जना पुगिसकेको छ। हालमा पनि धेरैजसो बिरामीहरु होम आइसोलेशन अनि टिस्टा त्रिवेणी अस्पतालमा भर्ना भएर उपचाराधिन अवस्थामा रहेको कुरा स्वास्थ्य अधिकारीले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *