कोरोना संक्रमित भेट्टाएपछि कमान बन्द राख्ने निर्णय

खरसाङ: खरसाङ खण्डको अम्बटे चियाबारी अन्तर्गत अप्पर सिरिसेमा आज एकजना व्यक्ति कोरोना संक्रमित भेट्टाइएपछि आगामी केही दिनको लागि सम्पूर्ण चियाकमान नै बन्द गर्ने निर्णय लिइएको छ। यसको साथै ती युवकसँग सम्पर्कमा आउने सबैको कोरोना जाँच गरेर नेगेटिभ नआउञ्जेलसम्म कमानलाई बन्द राख्ने जनता अनि मालिक पक्षको साझा सहमतिमा निर्णय लिइएको तुषार राई लगायत कमानका कर्मचारीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *