कोरोना संक्रमित भेट्टाएपछि सिलगढीको 28 नम्बर वार्डमा ब्यारिकेड

सिलगढी : सिलगढी नगरनिगमको 28 नम्बर वार्डमा बाँसको ब्यारिकेड लगाइएको छ। यसको साथै प्रशासनको तर्फबाट उक्त इलाकामा सेनिटाइज पनि गरियो। स्मरण रहोस्, हिजो उक्त वार्डका एकजना व्यक्ति कोरोना संक्रमित भएको पुष्टि भएपछि नै इलाकामा ब्यारिकेड लगाइने कार्य गरिएको हो। वार्डमा एकजना कोरोना संक्रमित भएपछि स्थानीय केही दोकानदारहरूले दोकान बन्द गर्नको साथै सर-समानहरू नदिएको स्थानीय मानसिहरूले आरोप लगाएका छन्। आफूहरूले घरमा आवश्यक सर-समान किन्न जाँदा पनि दोकानेहरूले नदिएपचि धेरै असुविधा भइरहेको तिनीहरूको भनाइ रहेको छ। सरकारले दिएको निर्देशअनुसार कोरोना विरुद्ध सबै एक भएर लड्नु पर्ने तर रोगी तथा स्थानीय मानिसहरू विरुद्ध कुनै प्रकारको भेदभाव नगरिनुपर्ने भए तापनि उक्त निर्देशलाई कतिपय ठाउँहरूमा पालन नगरिएको देखिँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.