कोरोना संक्रमित आवश्यकमन्द परिवारलाई निःशुल्क भोजनको व्यवस्था

सिलगढी : सिलगढीको इस्कन मन्दिर कमिटीको तर्फबाट एउटा नयाँ पहल शुरू गरेको छ। हाल कोरोनाको महामारीको समयमा धेरैजना मानिसहरू कोरोना संक्रमित भइरहेका छन्। यसको साथै एउटै परिवारका सबै सदस्यहरू कोरोना संक्रमित भएपछि भोजनको समस्या भइरहेकोले गर्दा इस्कन मन्दिर कमिटीले एउटा नयाँ पहल शुरू गरेको छ। इस्कन मन्दिर कमिटीले यस्ता आवश्यकमन्द परिवारलाई निःशुल्क भोजनको व्यवस्था गरेको छ भने आजदेखि नै उक्त परिसेवा शुरू गरेको छ। सिलगढीका 50 जना आवश्यकमन्द परिवारले इस्कन मन्दिर कमिटीलाई भोजनको समस्याबारे जानकारी गराएपछि कमिटीको तर्फबाट आजदेखि नै 50 जना आवश्यकमन्द परिवारलाई एक छाक भोजन घरमै पुर्‍याइदिएको बताइएको छ। इस्कन मन्दिर कमिटीका सदस्य नाम कृष्ण दासले बताएअनुसार हाल सिलगढी सहरमा धेरैजना मानिसहरू कोरोना संक्रमित भइरहेका छन् भने एकै परिवारका दुई-तीनजना मानिस कोरोना संक्रमित भइरहेका छन्। यस्तो परिस्थितिमा उक्त परिवारलाई भोजनको समस्या भइरहेकोले गर्दा नै इस्कन मन्दिर कमिटीले यस्ता आवश्यकमन्द परिवारलाई एक छाक भोजन घरमै पुर्‍याउने व्यवस्था गरेको बताइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *