कोरोना संक्रमित भएको खबर सरासर झुटो : रूदेन लेप्चा

कालेबुङ : गोजमुमो विनय खेमाका कालेबुङ विधानसभा क्षेत्रका उम्मेद्वार रूदेन सादा लेप्चालाई कोरोना पोजेटिभ भएको खबर सामाजिक सञ्जालमा फैलिएपछि यसले तिनको सम्पर्कमा आएका मानिसहरूलाई आतङ्कित पारेको भए तापनि स्वयम् रूदेन लेप्चाले पत्रकार सम्मेलन गरेर यो खबर झुटो रहेको स्पष्टीकरण दिएका छन्। कोरोना संक्रमित भएको खबर सामाजिक सञ्जालमा फैलिएपछि यसबारे सोधिएको प्रश्न जवाबमा स्पष्टीकरण दिँदै तिनले भने, अहिले भर्खरै विभिन्न सोशल मीडियामा मलाई कोभिड संक्रमण भएको जुन प्रकारको एउटा फेक न्युज प्रकाशित गरेको छ त्यो सरासर झुटो हो। म स्वस्थ छु, कतिपय चुनाउ आयोगको दायराभित्र आफूलाई सुरक्षित राख्नको लागि सबै प्रकारको चुनाउ प्रक्रिया सकेर म केही ठीक ठाउँमा छु। यो कुरो सबैलाई याद रहोस्, भोलि चुनाउ छ र नै यस प्रकारको जुन खाले अफवाह हामीलाई नोक्सानी पार्ने उद्देश्यले सायद धेरैले गरेको हुनसक्छ। कसैलाई दोष लगाउन मिल्दैन। तथापि, म पूर्ण रूपले स्वस्थ छु र तपाईँहरू सबैलाई जानकारी गराउन चाहन्छु यो झुटो खबरमाथि भरोसा नगर्नुहोस्। अर्कोतिर,  प्रार्थी रूदेन सादा लेप्चाका इलेक्सन एजेन्ट पङ्कज छेत्रीले पनि उक्त खबर झुटो रहेको दावी गरेका छन्। तिनले बताएअनुसार केही सोशल मीडियाको फेसबुक पेजमा प्रार्थी रूदेन लेप्चालाई कोरोना संक्रमित भएको झुटो खबर प्रकाशित गरेर मानिसहरूलाई गलत प्रचार तथा भयभीत तुल्याएकोमा उक्त खबर प्रकाशित गर्ने पेजविरुद्ध अभियोग गरिने भएको तिनले बताएका छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *