कोरोना संक्रमित भएपछि नागरी फार्म लिम्बु गाँउमा सेनिटाइज

सुकेपोखरी : नागरी फार्म लिम्बु गाँउमा एकजना व्यक्तिको रेपिड एन्टिजेन टेस्ट पोजेटिभ आएपछि नागरी धजे समष्टि सर्भिलियन्स समिति (विनय खेमा)-का मुख्य समन्वयक अश्विन स्याङदेनको अगुवाईमा सम्बन्धित व्यक्तिको घर अनि गाँउमा सेनिटाइज गरियो। कोरोना संक्रमित व्यक्तिको हाल दार्जिलिङ सरकारी अस्पतालमा उपचार चलिरहेको छ। तिनको परिवारका अन्य सदस्यहरूको स्वाब टेस्ट गरिए तापनि हालसम्म यसको रिपोर्ट नआएको साथै परिवारका सदस्यहरू होम आइसोलेसनमा बसेका छन्। सुखिया सर्भिलियन्स समिति समन्वयक प्रमोद शर्मा, नागरी धजे समष्टि सर्भिलियन्स समिति सदस्य सञ्जय गिरी, आर्यन प्रधान, रुपेश लामा, पेवा वाङ्दी तामाङ, प्रसन्न थापा, शरण राई लगायत गाउँको पक्षबाट मिलन राई, शरद सुब्बा, सुदर्शन राई, पुण्य राई, अनुप सुब्बा, रुपेश गुरुङ आदिले कोभिड प्रोटोकललाई पालन गर्दै आईसोलेसनमा बसेको परिवारका सदस्यहरूसित भेटघाट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *