कोरोना संक्रमित भएर मर्ने परिवारका सदस्यहरूसित भेट गरे सुकेपोखरीका बीडीओ-ले

सुकेपोखरी : जोरबङलो सुकेपोखरी खण्ड विकास अधिकारी सामीरूल इस्लामले आज गोराबारी मार्गेस्टहोप ग्राम पञ्चायत अन्तर्गत बालासन चियाबगानको भ्रमण गरे। यस अवधि तिनले कोरोना संक्रमित भएर मृत्यु भएको व्यक्तिको घरमा पुगेर परिवारका सदस्यहरूसित भेटघाट गरेर तिनीहरूको अवस्थाबारे जानकारी लिए। यसको साथै यस क्षेत्रका अन्य कोरोना संक्रमित परिवारसित पनि भेट गरेर आश्वयकमन्द परिवारलाई राहत सामग्री वितरण गरे। तिनले संक्रमित परिवार रहेको क्षेत्रलाई सेनिटाइज गर्ने निर्देश दिनको साथै सेनिटाइज गर्ने सामग्री पनि चियाबगानका प्रबन्धक अनि प्रतिनिधिलाई सुम्पिदिए। खण्ड विकास अधिकारीले लोअर सोनादा ग्राम पञ्चायत अन्तर्गत सिडर्स चियाबगानमा खण्ड स्वास्थ्य केन्द्रद्वारा आयोजित कोभिड भ्याकसिन टीकाकरण शिविरको पनि निरीक्षण गरे। यस कार्यक्रममा ग्राम पञ्चायत अधिकारी लगायत अन्यको उपस्थितति रहेको थियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *