कोरोना संक्रमित भेट्टाइएपछि महानदीको घुम्ती चियाबारीमा सेनिटाइज

खरसाङ : खरसाङमा हिजो पाँचजना कोरोना संक्रमित भएपछि यस क्षेत्रका मानिसहरूमा केही डर उत्पन्न भएको छ। ती पाँचजना कोरोना संक्रमितमध्ये महानदी-घुम्तीको पनि एकजना 22 वर्षीय युवा सामेल छन्। स्थानीय मानिसहरूमा डरको माहौल सृजना नहोस् भनेर तीनधारे महानदी समष्टी स्तरीय सर्भिलेन्स कमिटीका पदाधिकारीहरू घुम्ती चियाबारी पुगेर स्थानीयहरूसित कुराकानी गर्नको साथै तिनीहरूलाई सुरक्षित रहने आह्वान गरे। उक्त टोलीमा तीनधारे महानदी समष्टीको सर्भिलेन्स कमिटीको चिफ् को-अर्डिनेटर राजीव थापा, गोजमुमो तीनधारे महानदी समष्टीका कार्यकारी सभापति सीबी राई उपस्थित थिए भने तिनीहरूले गाउँलेहरूलाई भयभीत नहुने तर सचेत रहने आह्वान गरे। घुम्ती चियाबारी क्षेत्रमा दमकल विभागका तर्फबाट आज सेनिटाइज पनि गरियो। यसैगरी, तिनीहरूले घुम्ती चियाबारीमा कार्यरत तीनजना आशाकर्मीलाई पीपीई किट्स लगायत गाउँलेहरूलाई 50 वटा माक्स पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *