कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि बाघाजतीन कोलनीमा लगाइयो ब्यारिकेड

सिलगढी : सिलगढी नगरनिगमको 45 नम्बर वार्डस्थित बाघाजतीन कोलनीमा कोरोना संक्रमित व्यक्तिको दिसान अस्पतालमा आज बिहान मृत्यु भएपछि उक्त इलाकामा ब्यारिकेड लगाइएको छ। तथापि, उक्त व्यक्ति कोरोना संक्रमितको कारण मृत्यु भएको हो अथवा अन्य रोगले भन्नेबारे स्पष्ट भएको छैन। सिलगढी महकुमाशासक सुमन्त सहायले 45 नम्बर वार्डको निरीक्षण गरे। उक्त इलाकाका कुनै पनि व्यक्ति बाहिर नजाओस् तथा बाहिरका मानिसहरू इलाकामा प्रवेश नगरोस् भन्ने उद्देश्यले पीड़ित व्यक्तिको घर छेउछाउमा बाँसको ब्यारिकेड लगाएको छ। प्रशासनको तर्फबाट उक्त इलाकाका मानिसहरूलाई भोजन लगायत आवश्यक सर-समानहरू पुर्‍याइदिने बताइएको छ। यसको साथै आज प्रशासनद्वारा उक्त इलाकामा सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *