कोरोना संक्रमितहरूको निम्ति मिरिकमा सुरक्षित घरको उद्घाटन

मिरिक: मिरिकमा कोरोना संक्रमितहरूको लागि आजदेखि यहाँको कलेजमा सुरक्षित घरको विधिवत् उद्घाटन गरियो। मिरिक नगरपालिका अध्यक्ष एलबी राईले रिवन काटेर सुरक्षित घरको उद्घाटन गरे। यस अवसरमा मिरिक महकुमा शासक जामील फतिमा जेबा, जीटीए स्वास्थ्य विभागका कार्यकारी निर्देशक सामदेन डुक्पा, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, मिरिक महकुमाका एसडीपीओ रूद्र नारायण साव, मिरिक खण्ड विकास अधिकारी विप्लव कुमार रोय लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति  थियो। उद्घाटन कार्यक्रममा मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका बीएमओएच डाक्टर टाँशी लामाले आज मिरिकमा उद्घाटन गरिएको सुरक्षित घरमा कोरोना संक्रमितहरूको लागि 50 वटा पलङ रहेको बताए।  यसको साथै यहाँ तीनजना डाक्टर रहेको जसमा दुईजना डाक्टर सँधै ड्युटीमा तैनाथ रहने अनि एकजना मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रमा बसेर सेवा पुऱ्याउनेछ भने चारवटा अक्सिजन कन्सनट्रेटर, 6 वटा सिलिण्डर लगायत आवश्यक सामाग्रीहरू रहेको तिनले जानकारी गराए। यसको साथै मिरिक सुरक्षित घरमा सिस्टर, नर्सहरू साथै स्वयमसेवीहरूले कोरोना संक्रमितहरूको हेरचार गर्नेछन्। यहाँ संक्रमितहरूको लागि नि:शुल्क खाना सहित शौचालय,पानी आदि सबैको राम्रो व्यवस्था रहेको छ। सरकारी नियम अनुसार कोरोना संक्रमितको घरमा यदि होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था छैन भने मात्र तिनीहरूलाई यहाँको सुरक्षित होममा राखिने बताइएको छ। जीटीएको स्वास्थ्य विभाग अनि मिरिकका विभागीय अधिकारीहरूको सक्रियतामा आजदेखि मिरिक कलेजमा सुरक्षित होम सञ्चालन शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *