कोरोना संक्रमितहरूलाई सहयोग गर्न कोलकाता प्रस्थान गरे अलिपुरद्वारका 13 जना कोरोना योद्धा

अलिपुरद्वार: कोरोनाको महामारीमा अलिपुरद्वार जिल्लाको स्वास्थ्य विभागले एउटा अनौठो उदाहरण पेश गरेको छ। कोलकाताको विभिन्न अस्पताल तथा सेफ हाउसहरूमा कोरोना संक्रमितहरूलाई स्वास्थ्य परिसेवा प्रदान गर्ने उद्देश्य लिएर अलिपुरद्वार जिल्लाबाट 13 जना कोरोना योद्धाहरूले आज कोलकाता प्रस्थान गरे। प्राप्त जानकारीअनुसार कोरोनाको प्रथम लहरमा जिल्लाको विभिन्न ब्लकमा यी 13 जना कोरोना योद्धाहरूले सफलतापूर्वक स्वास्थ्य परिसेवा प्रदान गरेका थिए। आज जिल्ला प्रशासनिक भवन डुवर्सकन्याबाट यी 13 जना कोरोना योद्धाहरू बसमा सवार भएर कोलकातातर्फ प्रस्थान गरे। यस अवसरमा जिल्लाशासक सुरेन्द्र कुमार मीणा, जिल्ला मुख्य स्वास्थ्य अधिकारी गिरीश चन्द्र बेरा लगायत अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए। कोरोनाको प्रथम लहरमा झैँ यसपल्ट पनि कोरोना विरुद्ध लडाइँमा विजय हुने कुरामा कोरोना योद्धाहरू आशावादी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes