कोरोना संक्रमितले स्वस्थ भएपछि प्रदान गरे अक्सिजन सिलेन्डर

सिलगढी : कोरोना संक्रमित भएर पनि स्वस्थ भएपछि एकजना  व्यक्तिले बिरामीहरूको सहयोगको लागि अघि आएका छन्। प्राप्त जानकारी अनुसार  सिलगढीको स्वामीजी मोड़ निवासी डा. सुब्रत घोषले आफू स्वस्थ भएपछि कोरोना संक्रमितहरूको लागि आज स्वयम्‌सेवी संस्थालाई अक्सिजन सिलेन्डर प्रदान गरे। तिनले भने, आफू कोरोना संक्रमित भएपछि अक्सिजन सिलेन्डरको व्यवस्था गर्न चाहेका थिए तर गर्न सकिन। आफू स्वस्थ भएर मात्र वर्तमान महामारीको भयानक अवस्थाबारे थाहा पाएपछि अक्सिजन सिलेन्डरको आवश्यकतालाई ध्यानमा राखेर यो सानो पहल गरेको तिनले बताए।  यसको साथै तिनले यस प्रकारको सहयोग गर्नको लागि सबैलाई अघि आउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *