कोरोना संक्रमित मन्त्री शुभेन्दु अधिकारीको सुवास्थ्यको कामना गर्दै जलपाईगढीमा पुजा-अर्चना

जलपाईगढी : राज्यका परिवहन तथा सिँचाई मन्त्री शुभेन्दु अधिकारी कोरोना संक्रमित भएकोले आज तिनको सुस्वास्थ्यको कामना गर्दै समर्थकहरूले जलपाईगढी जोगमाया काली मन्दिर पुजा अर्चना गरे। यस अवसरमा जलपाईगढी जिल्ला तृणमूलका पूर्व युवा सभापति बुबाई कर लगायत अन्य नेता तथा कर्मीहरू उपस्थित थिए। स्मरण रहोस्, गत बिहिबार राति शुभेन्दु अधिकारी र तिनका आमाको कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *