कोरोना संक्रमित सिलगढीका 100 वर्षीय वृद्धा स्वस्थ्य भएर फर्किए घर

सिलगढी : सिलगढीको हाकिमपाड़ा निवासी 100 वर्षीय पारुलबाला पाल गत 16 नोभेम्बरमा बिरामी भएपछि तिनलाई स्थानीय निजी अस्पतालमा भर्ना गरियो। यसपछि अस्पतालमा तिनको कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि तिनको उमेर देखेर डाक्टरहरू चिन्तित बनेका थिए। चिकित्सकहरूले कोरोनाको शुरूको समयदेखि नै अस्पतालमा धेरै चुनौतीको सामना गर्दै आइरहेका थिए। तर यसपल्ट संक्रमितको उमेर अधिक रहेकोले मामिला धेरै चुनौतीपूर्ण रहेको थियो। तथापि अस्पतालका चिकित्सक, नर्स र चिकित्सा कर्मचारीहरूको कठोर प्रयासको कारण वृद्धाले कोरोनालाई जितेर घर फर्किआएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *