कोरोना संक्रमित वार्डको परिभ्रमण गरे रञ्जन सरकारले

सिलगढी : सिलगढी नगरनिगमको 17 नम्बर वार्ड निवासी एउटी महिला कोरोना संक्रमित रहेको पुष्टि भएपछि आज तृणमूल कांग्रेस नेता रञ्जन सरकारले उक्त इलाकाको परिभ्रमण गरे। प्राप्त जानकारीअनुसार हिजो 17 नम्बर वार्ड निवासी एउटी महिला कोरोना संक्रमित भएको पुष्टि भएपछि तिनलाई मतिगढास्थित कोभिड अस्पतालमा भर्ना गरिएको छ। आज तृणमूल कांग्रेस नेता रञ्जन सरकार लगायत अन्य नेता, कर्मीहरूले उक्त वार्डको परिभ्रमण गर्नको साथै उक्त इलाकाको मानिसहरूसँग कुराकानी गरेर आफूहरू सदैव तिनीहरू साथमा रहने रञ्जन सरकारले आश्वासन दिए। यसको साथै आज उक्त वार्ड लगायत त्यहाँका सडकहरूमा सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *