कोरोना टीकाकरण शिविरमा बाहिरबाट आएका युवकहरूले बाधा दिएपछि सिलगढीको वार्ड नम्बर 24 मा तनाउको माहौल  

सिलगढी : सिलगढी नगरनिगमको वार्ड नम्बर 24 मा आज सरकारी रूपमा कोरोना टीकाकरणको कार्य चलिरहेको समय बाहिरका केही युवकहरू आएर बाधा दिएपछि टीकाकरण केन्द्रमा तनाउको माहौल देखापर्यो। प्राप्त जानकारीअनुसार केही मानिसहरूले आफूलाई भोलेन्टियर बताएर टीकाकरण केन्द्रमा बाधा दिएकोले तनाउको माहौल सृष्टि भएको बताइएको छ। स्थानीय मानिसहरूको आरोपअनुसार ती मानिसहरूले टीकाकरण केन्द्रमा कसलाई खोप लगाइन्छ कसलाई लगाइँदैन भन्ने तय गरिरहेकोले गर्दा सिलगढीको वार्ड नम्बर 24 स्थित जगदीश चन्द्र विद्यापीठ स्कुलमा तनाउको माहौल सृष्टि भयो। उक्त स्कुलमा सिलगढी नगरनिगमको तर्फबाट कोरोना टीकाकरण शिविरको आयोजना गरिएको थियो। आज बिहानैदेखि भ्याक्सिन लगाउनको लागि मानिसहरू लाइनमा उभिएका थिए भने केही युवकहरूले फोनमार्फत् जनाएका मानिसहरूलाई मात्र कोरोनाको खोप लगाइने भन्दै आफूहरूलाई लाइनबाट बाहिर निकालिदिएको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसपछि भ्याक्सिन लगाउन नपाएका मानिसहरू आक्रोशित बनेर फुलेश्वरीमा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यसको साथै उक्त स्कुलअघि पनि विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस टीकाकरण शिविरमा पुगेपछि केही युवकहरूलाई स्कुलभित्र घुमिरहेको देखे। ती युवकहरूले आफूहरूलाई भोलेन्टियरको रूपमा टीकाकरण केन्द्रमा खटिरहेको बताए। तथापि, नगरनिगमको तर्फबाट कसैलाई पनि भोलेन्टियरको रूपमा नखटाइएको बताइएको छ। उक्त घटनालाई लिएर स्थानीय तृणमूल कांग्रेस नेता विकास रञ्जन सरकारले आज बिहानदेखि टीकाकरण शिविर राम्रैसित चलिरहेको थियो तर भाजपाका केही कार्यकर्ताहरू आएर बाधा दिएपछि झमेला शुरू गरेको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes