कोरोना अपडेट : भारतमा कोरोना संक्रमितहरूको संख्या 12.38 लाखभन्दा अधिक

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ भने भारतमा हालसम्म कोरोना संक्रमितहरूको संख्या 12 लाख 38 हजारभन्दा अधिक रहेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको तर्फबाट जारी आँकड़ाअनुसार 24 घण्टामा 45 हजार 7 सय 20  नयाँ मामिला देखा परेको छ भने 1 हजार 129 जनाको मृत्यु भइसकेको छ। देशमा कोरोना पोजिटिभ मामिलाको मोठ संख्या 12 लाख 38 हजार 635 रहेको छ, जसमध्ये 4 लाख 26 हजार 167 सक्रिय मामिला रहेको छ। यसको साथै 7 लाख 82 हजार 606 जना मानिसहरू स्वस्थ भएर घर फर्किसकेका छन्। यसैगरी, हालसम्म मर्नेहरूको संख्या 29 हजार 861  पुगिसकेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *