कोरोना भ्याक्सिनबारे गोरामुमो सोनादा टाउन कमिटीद्वारा बीडीओ-लाई ज्ञापन

सोनादा: गोरामुमो सोनादा टाउन कमिटीको एउटा प्रतिनिधि टोलीले सोनादा प्राथमिक स्वास्थ्य केन्द्रको निम्ति कोरोना भ्याक्सिन लगाइने संख्या बढाउनको साथै व्यवस्थित ढङ्गले लगाउनु पर्ने माग गर्दै सुकियापोखरी खण्ड विकास अधिकारी समिरुल ईस्लाम लाई भेटेर ज्ञापन पत्र बुझाएको छ। उक्त टोलीमा गोरामुमो सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री, निमा तामाङ, शुद्ध तामाङ, राजु राई र इन्द्र प्रसाद राई सामेल थिए। हाल कोभिड भ्याक्सिन लगाउने प्रक्रिया चलिरहेको बेला सोनादा प्राथमिक स्वास्थ्य केन्द्रमा भ्याक्सिन लगाउने कार्य जारी रहेको तर स्वास्थ्य केन्द्रमा भ्याक्सिन लगाउनेहरूको भीड भएकोबारे गोरामुमो सोनादा टुङ समष्टिका सचिव भुपेन गुरुङले जानकारी दिएका छन्। स्वास्थ्य केन्द्रमा आएको भ्याक्सिन भन्दा पनि अधिक संख्यामा मानिसहरुको भीड हुने गरेकोले कोरोना संक्रमण फैलिन सक्ने सम्भावना बढेको साथै यहाँ धेरै टाढाबाट मानिसहरु आएर पनि धेरैजनाले भ्याक्सिन लगाउनु नपाएको साथै विपन्न परिवारकाहरुले बारम्बार गाडी भाडा तिरेर आउन नसक्ने जनगुनासो गोरामुमो सोनादा टाउन कमिटीलाई गरेपछि नै आफुहरूले जनहितको निम्ति खण्ड विकास अधिकारीलाई भेटेर यस बिषयमा जानकारी गराउनको साथै ज्ञापन पत्र बुझाएको गोरामुमो सोनादा टुङ समष्टिका सचिव भुपेन गुरुङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *