कोरोना भ्याक्सिनलाई लिएर राज्य सरकारले श्वेत पत्र जारी गर्नुपर्छ : रथीन्द्र बोस 

सिलगढी : राज्य सरकारले कोरोना भ्याक्सिनलाई लिएर एउटा श्वेत पत्र जारी गर्नुपर्ने भाजपाका प्रदेश महासचिव रथीन्द्र बोसले बताए। सिलगढी नगरनिगमको 38 नम्बर वार्डको सुकान्तनगर अटो स्ट्यान्डमा चियामा चर्चा कार्यक्रम अवधि तिनले यस प्रकारको मन्तव्य पोखे। केन्द्र सरकारद्वारा राज्य सरकारलाई कतिवटा भ्याक्सिन प्रदान गरियो अनि ती भ्याक्सिनहरूको उपयोग कहाँ-कहाँ गरियो भन्नेबारे एउटा श्वेत पत्र जारी गर्नुपर्ने तिनले बताए। साधारण मानिसहरूसमक्ष पुग्नको लागि चियामा चर्चाकार्यक्रम सबैभन्दा ठुलो हतियार हो भनी तिनले बताए। यस कार्यक्रमअन्तर्गत उत्तर बंगालमा भाजपा सत्तामा आएको साथै आउँदो नगरनिगम चुनाउमा पनि भाजपा सिलगढीको सत्तामा आउने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *