कोरोना भाइरसबारे गोरामुमोको जागरूक अभियान

दार्जीलिङ: गोर्खा राष्ट्रीय मुक्ति मोर्चा दार्जिलिङ टाउन कमिटीले गोरामुमो सामाजिक सेवा अभियान अन्तर्गत आफ्नो अभियानलाई जारी राख्दै आज कोरोना भाइरस सम्बन्धी जागरुक गराए। तिनीहरूले दार्जिलिङ शहरको बाटा अगाडी, बतासे, घुम,जोरबङ्लो आदि विभिन्न ठाउँहरूमा विशेष गरेर सिलगढ़ीबाट आउने गाडी चालकहरुलाई कोरोना भाइरसबाट कसरी बाँच्न अनि अरूलाई बचाउन सकिन्छ भन्नेबारे जानकारी गराए। यसको सातै तिनीहरूलाई निशुल्क मास्क अनि कोरोना भाईरसबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे लेखिएको पर्चाहरू पनि वितरण गरे। यसबारे गोरामुमो दार्जिलिङ टाउन कमिटी अध्यक्ष रोबर्ट छेत्रीले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *