कोरोना भाइरसबारे जागरूकता शिविर

सिलगढ़ी : कोरोना भाइरसको संक्रमणबारे मानिसहरूलाई जानकारी दिनको साथै यसबाट बाँच्नको लागि दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस प्राथमिक शिक्षक कमिटीद्वारा जागरूकता शिविरको आय़ोजना गरियो। सिलगढ़ीको 6 नम्बर वार्डस्थित डाक्टर राजेन्द्र प्रसाद हाई स्कूलको गेट नजिक कोरोना भाइरसबारे आज जागरूकता शिविर सम्पन्न भइरहेको छ। यस जागरूकता कार्यक्रम अन्तर्गत यस सड़क भएर आउ-जाउ गर्ने सबै मानिसहरूलाई कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि के-कस्ता उपायहरू अप्नाउनु पर्छ भन्नेबारे उचित जानकारी दिइरहेको छ। यस वाहेक तिनीहरूलाई लिफलेट वितरण गर्नको साथै झुटो अफवाहमा ध्यान नदिएर सचेत रहने सल्लाह दिइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *