कोरोना भाइरसबारे जिल्ला प्रशासन अनि जीटीएको पहलमा जागरूकता शुरू

दार्जिलिङ: कोरोना भाइरसबाट बाँच्नको लागि के–कस्ता उपायहरू अप्नाउन सकिन्छ भन्नेबारे दार्जिलिङ जिल्ला प्रसाशन र जीटीए-को तर्फबाट अगावै कतिपय पहल शुरू गरिसकेको छ भने अब यहाँ घुम्न आउने पर्यटकहरूको लागि एउटा फारम भर्ने (SELF REPORTING ) प्रक्रिया पनि शुरू गरिने भएको छ। घुम्न आएका पर्यटकहरूले आफ्नो भ्रमण गरेको ठाउँहरूबारे विस्तृत रूपमा उक्त फारममा आफैले लेखेर जानकारी दिनु पर्नेछ। यदि कसै व्यक्तिमाथि कोरोना भाइरसको सन्देह भएको खण्डमा तिनलाई तत्कालै जाँचको लागि पठाइने छ। आज दार्जिलिङको लालकोठीमा जीटीए अनि जिल्ला अधिकारीहरूमाझ सम्पन्न भएको बैठकमा उक्त घोषणा गरिएको छ। यस बैठकमा विभिन्न होटल व्यवसायी, गैर सरकारी संगठनका सदस्यहरू लगायत ट्रान्सपोर्ट सेन्डिकेटका पदाधिकारीगण उपस्थित थिए। बैठकमा उपस्थित दार्जिलिङ जिल्लाका पुलिस अधिक्षक अमरनाथ के-ले बताए अनुसार दार्जिलिङमा आजदेखि नै पर्यटकहरूले होटलमा बस्न अघि उक्त फारम भर्न पर्नेछ, जसमा तिनीहरूले आफुले घुमेको सबै ठाउँहरूबारे सविस्तार रूपमा उल्लेख गरिनु पर्नेछ। यदि कुनै पनि व्याक्ति कोरोना भाइरस संक्रमण ईलाकाको परिभ्रमण गरेर यता दार्जिलिङ क्षेत्रमा आएका छन् अथवा तिनलाई भाइरस लागेको सन्देह भएको खण्डमा तिनको विषयमा जानकारी गोप्य राखिने बताइएको छ।


यसको साथै कसैमाथि सन्देह भएको खण्डमा होटलले पुलिस अनि सीएमएचओ (चिकित्सा अधिकारी) लाई तुरन्तै अवगत गराउने निर्देश दिएको छ। जिल्लाका पुलिस अधिक्षक अमरनाथले कोरोना भाइरस सम्बन्धमा सोसल मीडियामा फैलिरहेको अफवाहमाथि विश्वास नगर्ने सबैसँग अपिल गर्दै यस्ता अफवाह फैलाउनेहरूबारे तत्कालै पुलिसलाई जानकारी दिने आह्वान गरे। तिनले बताए अनुसार फेसबुकमार्फत यस्ता अफवाह फैलाउने 15 वटा पोस्ट आगावै ब्लक गरिसकेको छ। अर्कोतिर, जीटीएले 15 हजार मार्क्स ल्याइसकेको अनि अझ थप 15 हजार वटा ल्याएर ट्याक्सी सेन्डिकेटमार्फत दार्जिलिङ र कालेबुङ जिल्लामा मानिसहरूलाई वितरण गरिने भएको छ। यसवाहेक, सिमलबारी र मानेभञ्याङमा पनि थप कोरोना भाइरस जाँच केन्द्रको सुरूवात गरिने छ। कोराना भाइरसबारेमा मानिसहरूलाई विभिन्न ठाउँहरूमा गएर जागरूक्ता फैलाइने कार्य गरिने अनि जीटीए क्षेत्रमा यसबारे पोस्टरिङहरू गरिने निर्णय लिइएको बताइएको छ। हालसम्म बाघडुग्रा अनि एनजेपीमा 350 भन्दा अधिक विदेशी पर्यटकहरूको जाँच अवधि कसैलाई पनि भाइरस संक्रमण नभेट्टाइएको पुलिस अधिकारीले जानकारी दिएका छन्। यसैगरी, जीटीए क्षेत्रमा पर्ने पाँचवटा ठाउँ पानीट्याङ्की बजार,डांगुजोत,ओकाइटी चियाबारी, पशुपति र सेपीमा गत 26 फरवरीदेखि पर्यटकहरूको कोराना भाइरसबारे जाँच प्रक्रिया चलिरहेको जीटीए प्रिन्सीपल सेक्रेटेरी सुरेन्द्र गुप्ताले बताए। तिनले दिएको जानकारी अनुसार हालसम्म जिल्लाका प्रशसानिक अधिकारीहरूले विभिन्न क्षेत्रहरूको परिक्रमा गरेर भाइरसबारे जागरूक गराउनको साथै भारत-नेपाल सिमावर्ती क्षेत्रमा धेरै जग्गा बैठकहरू गरिसकेको छ। यसवाहेक हालसम्म उत्तर बङ्गाल मेडिकल कलेजमा सम्भावित मोठ पाँचजना संक्रमण रोगी रहेको भए तापनि तिनीहरूको रगत कोलकातामा जाँच गरिँदा कुनै प्रकारको भाइरसको लक्षण देखा नपरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *