कोरोना भाइरसबारे खोरीबारी पुलिसद्वारा जागरूकता अभियान

खोरीबारी : खोरीबारी थाना पुलिसको तर्फबाट यहाँको विभिन्न ठाउँहरूमा कोरोना भाइरसबारे जागरूकता अभियान चलायो। यस जागरूकता अभियान अवधि खोरीबारी थाना पुलिसले स्थानीय मानिसहरूलाई कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ तथा यसको लक्षणबारे अवगत गराए। यसको साथै कोरोना भाइरसको लक्षण एवम् बचाऊ सम्बन्धी लिफ लेट पनि बाँडे।


कोरोना भाइरसबारे स्थानीय मानिसहरूले जागरूक गराउने उद्देश्य लिएर आज पुलिसको तर्फबाट उक्त पहल गरिएको खोरीबाऱी थाना ओसी पासाङ छिरिङ शेर्पाले बताए। बिन्नाबाड़ी पञ्चायतको डाङ्गुजोत, चक्करमाड़ी, सिन्ध्याजोत आदि ठाउँहरूमा खोरीबारी पुलिसको तर्फबाट आज एउटा कार्यक्रमको आयोजना गरेर स्थानीय मानिसहरूलाई कोरोना भाइरसबारे जागरूक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *