कोरोना भाइरसबारे भाजपाद्वारा उत्तर शान्तिनगरमा जागरूक अभियान

सिलगढी : कोरोना भाइरसबारे साधारण मानिसहरूलाई सचेतन गराउने उद्देश्य लिएर आज डाबग्राम मण्डलको उत्तर शान्तिनगर भाजपाका सदस्यहरू सडकमा ओर्लिएका छन्। भाजपाका सदस्यहरूले आज डाबग्रामको उत्तर शान्तिनगर इलाकाको घर-घर गएर साथै सडकमा हिँड्ने मानिसहरूलाई कोरोना भाइरसबारे जागरूक गराउनको साथै के-कस्ता सतर्कता अप्नाए यसबाट जोगिन सकिन्छ भन्नेबारे जानकारी गराए। यस कार्यसूचीमा भाजपा जलपाईगढी जिल्ला सह-सभानेत्री शिखा च्याटर्जीलगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *