कोरोना भाइरस-बारे जागरूकता कार्यक्रम

खोरीबारी : कोरोना भाइरसलाई केन्द्र गरेर खोरीबारी खण्ड कार्यालय, स्वास्थ्य विभाग, थाना पुलिस, एसएसबी र अन्य विभागहरूको तर्फबाट संयुक्त रूपमा भारत नेपाल सीमा संलग्न विभिन्न ठाउँहरूमा जागरूकता कार्यक्रमको आयोजना गरियो। डाङ्गुजोतमा आयोजित कार्यक्रम अवधि उपस्थित मानिसहरूलाई कोरोना भाइरस सम्बन्धित महत्वपूर्ण जानकारी गराइयो।


कार्यक्रममा खोरीबारी बीडीओ योगेश चन्द्र मण्डल, पञ्चायत समिति सभापति बादल चन्द्र सरकार, सीएओएमएच डा. टी प्रामाणिक, खोरीबारी अस्पतालका बीएमओसीएच डा. पी मिञ्ज, पञ्चायत सदस्य रामाशीष महतोलगायत अन्य शीर्ष व्यक्ति एवम् स्थानीय मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.