कोरोना भाइरसबारे चालकहरूलाई जागरूक

दार्जिलिङ: गोरामुमोको सामाजिक सेवा अभियान अन्तर्गत आज दोस्रो चरणको अभियानमा गोरामुमो दार्जिलिङ टाउन कमिटीका सदस्यहरूले कोरोना भाइरसबारे जागरुक गराए। दार्जिलिङ शहरका विभिन्न स्थान अनि सेन्डिकेटहरुमा गएर तिनीहरूले आज बिशेष गरेर वाहनका चालकहरुलाई कोरोना भाइरसबाट कसरी जोगिन सकिन्छ भन्नेबारे लेखिएका लिफलेटहरू सहित मास्क पनि वितरण गरे। विश्वभरिमै हाल महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट आफु अनि अरुलाई कसरी बचाउन सकिन्छ भन्नेबारेमा गोरामुमो टाउन कमिटीका सदस्यहरूले चालक दाज्यु-भाईहरुलाई उचित जानकारी दिँदै आफ्नो अन्य साथी-भाईहरुलाई पनि यसबारे बुझाइदिने अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *