कोरोना भाइरसबारे फुलबारीमा जागरूकता शिविर

राजगञ्ज : फुलबारी-2 नम्बर ग्राम पञ्चायत र राजगञ्ज ब्लक स्वास्थ्य विभागको तर्फबाट आज फुलबारीमा एउटा जागरूकता शिविरको आयोजना गरियो। ब्लक स्वास्थ्य अधिकारी (बीएमओएच) शुभदीप सरकारले अफवाहहरूलाई ध्यान नदिएर केवल सावधान रहने सुझाउ दिएका छन्। तिनले N-95 मास्क लगाउन आवश्यक नरहेको बताउँदै साधारण मास्क लगाउन सक्ने बताए। आफ्नो हात बारम्बार धुने साथै भीड़भाड़ भएको इलाकाबाट टाढो रहने बताए। तिनले कोरोना भाइरस कुखुरा वा पक्षीहरूबाट फैलिएको हो भन्नेबारे हालसम्म प्रमाणित नभएको बताए। यदि आफूलाई खोकी लागेमा वा ज्वरो आएको खण्डमा स्वयम् दवाई नलिएर डाक्टरसँग सल्लाह लिने बताए। यस अवधि जलपाईगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिक, ग्राम पञ्चायतका प्रधान दिलीप राय लगायत आशा कर्मी र स्वास्थ्य कार्यकर्ता उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *