कोरोना भाइरसबारे जागरूकता गराउनु पर्ने मागमा ज्ञापन

दार्जिलिङ: गोरामुमो जनचेतना संघर्ष समितिले हाल विश्वभरिमैं आतङ्क छाएको कोरोना भाइरस सम्बन्धी आज दार्जिलिङ जिल्ला अस्पताल, दार्जिलिङ जिल्ला अधिकारी, जीटीए सचिव, दार्जिलिङ जिल्ला एसपीलाई ज्ञापनपत्र चड़ाएको छ। उक्त ज्ञापनपत्रमा दार्जिलिङ र कालेबुङ जिल्लामा कोरोना भाइरसको रोकथाम गर्नेबारे प्रशासनिक तर्फबाट चाँड़ै आवश्यक पहल गरिनु पर्नेलगायत मानिसहरूलाई यसबारे जागरूकता गराउनु पर्ने माग गरिएको छ।


यसको साथै गोरामुमो जनचेतना संघर्ष समितिको एउटा प्रतिनिधि टोलीले आज मन्जिला तामाङको नेतृत्वमा दार्जिलिङ जिल्ला अस्पतालमा कोरोना भाइरस सम्बन्धी बनिएको जाँच कक्षाको पनि निरीक्षण गरेको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *