कोरोना भाइरसबारे जलपाईगढीमा जनचेतना

जलपाईगढी : कोरोना भाइरसबारे मानिसहरूमा सचेतन फैलाउने उद्देश्य लिएर जलपाईगढी नगरपालिका अघि आएको छ। सहरको थाना मोड, प्रमुख डाकघर, कदमतला एवम् अन्य ठाउँहरूमा कोरोना भाइरसको लक्षण तथा यसको रोकथामबारे ब्यानरहरू टाँसिएको छ। साधारण मानिसहरू कोरोना भाइरसलाई लिएर आतङ्कित नहोस् भन्ने उद्देश्य लिएर यसबारे सचेतन गराउनको लागि सहरमा ब्यानरहरू टाँसिएको नगरपालिका चेयरम्यान परिषद्का सदस्य सन्दीप माहातोले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *