कोरोना भाइरसबारे मेडिकल कलेजमा चर्चा सभा

सिलगढ़ी: उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा आज कोरोना भाइरसबारे एउटा चर्चा सभाको आयोजना गरियो। उक्त सभामा उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालका प्रिन्सिपल प्रवीर कुमार देव, अस्पतालका अधीक्षक कौशिक समजदारलगायत विभिन्न विभागका डाक्टर अनि मेडिकलका बिद्यार्थीहरू उपस्थित थिए। अस्पतालका प्रिन्सिपल डा. प्रवीर कुमार देवले बताए अनुसार मेडिकल कलेज एवम् अस्पतालमा यस भाइरसले संक्रमित रोगीहरूको लागि सम्पूर्ण व्यवस्थासहित अलगै आइसोलेशन वार्ड बनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *