कोरोना भाइरसबारे मन्त्री घोषद्वारा कुचबिहारमा सचेतनता

कुचबिहार : कोरोना भाइरसबारे साधारण मानिसहरूलाई सचेतनता गराउने उद्देश्य लिएर उत्तरबंगाल विकास मन्त्री रवीन्द्रनाथ अघि आएका छन्। तिनले आज कुचबिहारको पिलखाना संलग्न इलाकामा सडक आरोहीहरूलाई मास्क लगाइदिनको साथै सेनिटाइजर पनि वितरण गरे। यसपछि तिनी कुचबिहार बजार संलग्न इलाकामा गएर त्यहाँका मानिसहरूले माक्स लगाउने साथै सेनिटाइजरको प्रयोग गर्ने सुझाउ दिए। यसको साथै सबैलाई कोरोना भाइरसबारे जागरूक गराउँदै सतर्कता अप्नाउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *