कोरोना भाइरसबारे वार्ड काउन्सिलरद्वारा जनचेतना कार्यक्रम

सिलगढी :  कोरोना भाइरसबारे मानिसहरूलाई सचेतनता गराउने उद्देश्य लिएर आज सिलगढी नगरनिगमको 19 नम्बर वार्डका काउन्सिलर स्निग्धा हाजरा सडकमा ओर्लिएकी छन्। उक्त वार्डका मानिसहरूलाई साथमा लिएर तिनी आज 19 नम्बर वार्डको प्रत्येक घर-घरमा गएर मानिसहरूलाई कोरोना भाइरसबाट आतङ्कित नहुने आहवान गर्दै यसको सङ्क्रमणबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे तिनीहरूलाई जानकारी गराइन्। यसको साथै कोरोना भाइरस सम्बन्धी पर्चाहरू पनि तिनले वितरण गरिन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *