कोरोना भाइरसबाट जोगिन सिलगढी नगरनिगमका सफाई कर्मीहरूलाई मास्क दिइने

सिलगढी : सिलगढी नगरनिगमले कोरोना भाइरसबारे मानिसहरूलाई सचेतन गराइरहेको छ। कोरोना भाइरसबारे मानिसहरूलाई सचेतन गर्ने उद्देश्य लिएर 1 लाख पर्चाहरू छाप्न दिएको साथै सफाई कर्मी र घर घर गएर सर्वेक्षण गर्ने कर्मीहरूलाई पनि मास्क प्रदान गरिने भएको छ। आज नगरनिगममा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर मेयर अशोक भट्टाचार्यले यसबारे जानकारी गराए। तिनले कोरोना भाइरसलाई लिएर सबैलाई सावधान रहने अपील गरे। नगरनिगमका सफाई कर्मचारीहरूलाई चाँडै मास्क उपलब्ध गराइने पनि तिनले बताए। अर्कोतिर, केन्द्र र राज्य सरकारद्वारा जारी निर्देशहरूको पालन गर्ने आहवान गर्दै शहरका विभिन्न ठाउँहरूमा कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्ने उपायहरूबारे मानिसहरूलाई अवगत गराउने फ्लेक्सहरू लगाइने मेयर पार्षद शंकर घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *