कोरोना भाइरसको आतङ्क : आजदेखि फुलबारी-बाङ्ग्लादेश सीमा बन्द

फुलबारी : कोरोना भाइरसको कारण सिलगढीको फुलबारी-बाङ्ग्लादेश सीमा बन्द गरिदिएको छ। दिनहुँ भारत-बाङ्ग्लादेश सीमाबाट धेरैजना मानिसहरू कामको लागि आवात जावत गर्ने गर्दछन्। दिल्लीको ब्यूरो अफ् इमिग्रेशनको निर्देशअनुसार आजदेखि आगामी 15 अप्रेलसम्म भारत-बाङ्ग्लादेश सीमा बन्द गरिएको छ। परिस्थितिलाई ध्यानमा राखेर आउँदो दिनमा भारत-बाङ्लादेश सीमा खेलिनेबारे बताइएको छ। निर्देशिका अनुसार बाङ्ग्लादेशबाट कुनै पनि यात्री वा पर्यटक भारत आउन नपाउने साथै वाणिज्यिक क्षेत्रमा पनि कठोर सुरक्षा व्यवस्था गरिएको छ। भारतीय पासपोस्ट देखाएर भारतमा प्रवेश गर्ने मानिसहरूको स्क्रीनिङ गरिने राजगञ्ज ब्लकका सीएचओ पायल रायले बताइन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *