कोरोना भाइरसको आतङ्कले बोइलर कुखुराको बिक्री कम, व्यापारीहरू चिन्तित

राजगञ्ज: कोरोना भाइरसको आतङ्कले हाल राजगञ्जमा कुखुराको मासु (बोइलर)को माग घटेर सस्तो मूल्यमा बिक्री भइरहेको छ। अर्कोतिर, घऱको कुखुरा अनि खसीको मासुको माग अधिक बढ़नको साथै त्यसको मूल्यमा पनि लगातार वृद्धि भइरहेको छ। लगभग दुई-अढाई किलो बोइलर कुखुरा मात्र 50 रूपियाँमा बिक्री गरिँदैछ। यहाँको शिकारपुर, आमबाड़ी, राजगञ्ज हाट लगायत विभिन्न हाटहरू अथि सस्तो मूल्यमा बोइलर कुखुरा धमाधम बिक्री गरिँदैछ। बोइलर बिक्रेता विद्युत दासले बताए अनुसार कोरोना भाइरसको आतङ्कले बजारमा बोइलर कुखुरा बिक्री भएको छैन। अफवाहले गर्दा मानिसहरूले प्रशासनको तर्फबाट प्रचार गरेर मानिसहरूमा जागरूकता ल्याउन सके मात्र व्यवसायीहरू नोक्सानबाट बाँच्न सक्ने तिनले बताए। यसको साथै कोरोना भाइरसलाई लिएर मानिसहरूको मनमा रहेको आतङ्क पनि हटेर जाने तिनले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *