कोरोना भाइरसको आतङ्कले पर्यटन व्यवसायलाई नोक्सान

सिलगढी : कोरोना भाइरसको आतङ्कले गर्दा यहाँको पर्यटन व्यवसायलाई निक्कै नोक्सान भइरहेको बताइएको छ। विशेष गरेर लिजमा लिएर होटल चलाउने व्यवसायीहरूलाई अधिक असुविधा भइरहेकोले गर्दा तिनीहरूको सहयोग गर्न केन्द्र र राज्य सरकारलाई अघि आइदिने हिमालयन हस्पिट्यालिटी ट्राभल एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कले अपील गरेको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सदस्य राज बसुले बताएअनुसार हाल कोरोना भाइरसको बढ्दो प्रकोपले गर्दा उत्तरबङ्गलगायत सिक्किमका पर्यटन व्यवसायीहरूलाई निक्कै नोक्सान भइरहेको छ। प्रायः सबै व्यवसायीहरू आर्थिक चपेटमा परेका छन्। प्रत्येक दिन 11 करोड रुपियाँको व्यवसायमा नोक्सानी भइरहेको तिनले बताए। पर्यटनसँग सम्बन्धित ट्रेडरहरूले यसबारे राज्यका मुख्यमन्त्री अनि प्रधानमन्त्रीलाई जानकारी गराइसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *