कोरोना भाइरसको आतङ्कले जयगाउँमा थर्मल स्क्रीनिङ्ग जाँच शुरू

जयगाउँ : भुटानको राजधानी थिम्पुमा कोरोना भाइरसको एउटा मामिला प्रकाशमा आएपछि आजदेखि भारत-भुटान सीमान्त क्षेत्र जयगाउँ शहरमा पश्चिम बङ्गाल स्वास्थ्य विभागद्वारा थर्मल स्क्रीनिङ जाँच शिविर शुरू गरिएको छ। आज अलीरपुद्वार जिल्ला स्वास्थ्य बिभागका मुख्य चिकित्सा अधिकारी डा. पूरण शर्मा, जयगाउँ ग्राम पञ्चायत 2-का प्रधान फुर्बा लामा, जयगाउँ थाना प्रभारी दीपङ्कर साहाको नेतृत्वमा जयगाउँ शहरमा भाइरसको रोकथामको लागि थर्मल स्क्रीनिङ्ग आजबाट शुरू गरिएको छ। भुटानमा हालैमा एकजना अमेरिकी नागरिकलाई कोरोना भएको खबरले पश्चिम बङ्गाल सरकार सचेत भएको डा. शर्माले बताए। राज्य सरकारको आदेश अनुसार जयगाउँमा आजदेखि थर्मल स्क्रीनिङ कार्यक्रम शुरू गरिएको तिनले बताए। प्रत्येक भुटान जाने तथा आउने मानिसहरूको जाँच भइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *