कोरोना भाइरसको आतङ्कपछि सिलगढीमा कुखुरा व्यवसायीहरू चिन्तित

सिलगढी : कोरोना भाइरसको आतङ्कको कारण मानिसहरूले कुखुराको मासु खान छाड़िसकेका छन्। यता सिलगढीमा पनि मात्र 50 रुपियाँ किलोको दरले कुखुराको मासु बिक्री भइरहे तापनि ग्राहकहरू नआएकोले व्यवसायीहरू धेरै चिन्तित बनेका छन्। सिलगढीको विधान मार्केटस्थित मुर्गी हाटका कुखुरा व्यवसायीहरू हाल ग्राहकहरूको आशामा बसिरहेको देखिन्छन्। कुखुराको मासु खाए कोरोना भाइरस फैलिँदैन भनेर धेरैवटा दोकानहरूमा जागरूकता मूलक पोस्टरहरू टाँसिए तापनि ग्राहकहरू मासु किन्न नआएकोले लाखौँ रुपियाँको नोक्सान भइरहेको सिलगढीका कुखुरा व्यवसायीहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *