कोरोना भाइरसको आतङ्कले भारत-भुटान सबै सीमा बन्द

नगरकट्टा : कोरोना भाइरसको आतङ्कपछि भारत- भुटान सिमान्त आजदेखि पूर्ण रूपले बन्द गरिएको छ। डुवर्स क्षेत्रदेखि भुटानको सीमा रहेको पुलिस थानामा प्रशासनको तर्फबाट आज कठोर निगरानी राखिएको छ भने स्वास्थ्य विभागको टीम पनि सीमामा तैनाथ गरिएको छ। नगरकट्टा ब्लाकस्थित जिती भुटान बोर्डर, चेङ्गामारी चियाकमान भुटान बोर्डर, गठिया बोर्डरमा कोरोनाको खतरालाई ध्यानमा राखेर पूर्ण रूपले बन्द गरिएको छ। कसैलाई पनि भारतदेखि भुटान जान अनि भुटानदेखि भारतमा प्रवेश गर्न निषेध गरिएको छ। भारत-भुटान सीमा पूर्ण रूपले बन्द भएपछि व्यापारीहरूले धेरै नोक्सान खप्न परिरहेकोले गर्दा तिनीहरू धेरै चिन्तित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *