कोरोना भाइरसको भयले सिलगढीमा हर्बल अबीरको माग

सिलगढी : रङ्गको पर्व होलीमा यसपल्ट कोरोना भाइरसको प्रभाव देखा परेको छ। सिलगढीको बजारहरूमा हर्बल रङ्ग आइसकेको छ। हाल कोरोना भाइरसको आतङ्कले बजारमा हर्बल अबीरको माग निक्कै बढेर गएको देखिन्छ। बाहिरबाट आएको अबीर प्रयोग गरे कोरोना भाइरसको संक्रमण हुने आशंकाले मानिसहरूमा हर्बल रङ्गको माग बढेर गएको छ। गत 28 फरवरीदेखि नै सिलगढीको विभिन्न दोकानहरूमा हर्बल अबीरको बिक्री शुरू भएको छ। रवीन्द्रनगर निवासी प्रदीप दासले हर्बल अबीरमा रासायनिक पदार्थ मिलावट नगरेको हुनाले मानिसहरूले हर्बल अबीर नै प्रयोग गर्ने गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *